निषेधाज्ञा थप कडाई गर्छौं-सिडियो कार्यालय
काठमाडौ,वैशाख १६ । शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा थप कडाई गर्ने जनाएको छ । निषेधाज्ञाको पहिलो दिन भीडभाड बढेपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाई गर्न लागेको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै भोलिदेखि अत्यावश्यक र मृत्यु संस्कारबाहेक अन्यलाई सवारी पास नदिने जनाएको हो ।
अत्यावश्यक भन्दै अनावश्यक पास माग्न थालेपछि प्रशासनले अब मृत्यु संस्कारका लागि घर जानेलाई, बिरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कारोबार गर्ने संस्था र विमानस्थल आउजाउ गर्ने संस्था तथा कर्मचारीहरुका हकमा मात्र केहि खुकुलो गर्ने जनाएको छ।
हेर्नुस् सिडियो कार्यालयको सूचना:-