काठमाडौँबाट नुवाकोट घर फर्कनेको लर्को [हेरौं तस्बिरमा]
नुवाकोट,वैशाख १५ । बिहीबारदेखि काठमाडौमा निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाको पूर्वसन्ध्या काठमाडौँ छाडेर नुवाकोट भित्रनेहरुको लर्को लागेको छ ।
केही दिनयता सात लाखभन्दा बढीले काठमाडौँ छाडेको अनुमान गरिएतापनि काठमाडौँ छाडेर नुवाकोट भित्रने हरुको एकिन तथ्यांक भने नाका प्रहरीसंग छैन ।
नुवाकोट गुर्जे प्रहरी चौकीका अनुसार छहरे-टोखा सडकखण्ड बुधबार अत्यन्तै ब्यस्त रह्यो। प्रहरी चौकी गुर्जेका असई बिचारी श्रेष्ठका अनुसार दिनभरमा करिब १ सय भन्दा बढी सार्वजनिक यातायातका बस नुवाकोट भित्रिएका छन् भने कतिपय पैदल यात्रु समेत प्रवेश गरेका छन् ।
निर्माणाधीन सडकखण्डको धुलोमा धुलाम्य भएर यात्रु खचाखच भित्रिएको दृश्य बुधबार दिनभर प्रायः देखिन्थ्यो ।
हेरौं तस्बिरमा
ब्यस्त सडक खण्ड:तस्वीर साझापथ