पाल्पामा पनि एकसाता निषेधाज्ञा



पाल्पा,वैशाख १५ । पाल्पामा बैशाख १७ गते देखि एकसाता निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ गते राती देखि २४ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाे छ ।डिसीसीएमसीको बैठकले बढ्दो कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाईने छैन ।
अति आवश्यक सवारी साधनहरुलाई भने सञ्चालन गर्न दिइने भनिएको छ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु संचालन हुन पाइनेछ ।

यस अवधिमा पत्रकार तथा संचारकर्मीहरुले सकेसम्म कार्यक्षेत्रमै बसी काम गर्न र समाचार संकलन लागि हिडडुल गर्न परेमा सूचना विभाग वा कार्यरत संचार गृहको परिचय पत्र अनिर्वाय रुपमा लिएर हिडनुपर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले बताए ।

पाल्पामा अहिलेसम्म एक सय ९८ सक्रिय संक्रमित पुगेका छन् भने १६ जना अस्पतालमा उपचार भइरहेकाे र ३९ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्