वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे



काठमाडौँ,वैशाख १५ । वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेले सम्हालेका छन् । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले राजिनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी पाण्डेले बुधबारबाट सम्हालेका हुन । उनलाइ बुधबार नै मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका थिए।

उनले विष्णुप्रसाद प्रसाइसँग बुधबार नै पद तथा गोपनियताको सपथ गरी जिम्मेवारी सम्हालेका छन् । पाण्डे विद्यार्थी राजनीतिबाट मुल राजनीतिमा स्थापित नेता हुन । युवाका बीचमा लोकप्रिय उनि एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली विदेश विभाग प्रमुख रहँदा सचिव रहेका थिए ।

बुधबार नै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्