शिवपुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान निकेतनलाई



नुवाकोट,वैशाख १३ । शिवपुरी गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान निकेतनले हात पारेको छ। शिवपुरी गाउँपालिकाले यहि वैशाख १२ र १३ गते आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जनज्ञानले उपाधी हात पारेको हो । गाउँपालिकाको सेरावगर  खेलमैदानमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै जनज्ञान निकेतन मावी उपाधि जित्न सफल भएको छ ।

प्रतियोगितामा स्याउरेभुमी माध्यमिक विद्यालयले दोस्रो स्थान हात पारेको छ । स्याउरेभुमी माध्यमिक विद्यालयले जम्मा ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेको छ भने महेन्द्र माध्यमिक विद्यालय तृतीय भएको छ ।  महेन्द्र माध्यमिक विद्यालयले ३ स्वर्ण, ४  रजतमै चित्त बुझाएको छ ।

त्यस्तै भुमिदेवि माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक, जानकी मावि ले १ स्वर्ण ४ रजत, ४ कास्य पदक, कुम्भेश्वर  मा‍वि सुनखानीले १ स्वर्ण, पदक प्राप्त गरेका थिए । प्रतियोगितामा  भलिबल, , एथेलेष्टिक अन्तर्गतका लामो तथा छोटो दूरीका दौड,हाइ जम्प, लङ जम्प, सटफुट, लगायतका खेलमा प्रतिष्पर्धा गराइएको थियो ।

उत्कृष्ट हुने खेलाडीहरुलाई  शिवपुरी गाउँपालिका उपाध्यक्ष मञ्जु  केसीले मेडल,  प्रमाणपत्र, रनिङ शिल्ड टफी प्रदान गरेका थिए ।

जनज्ञान निकेतन ट्रफी हस्तान्तरण लगत्तै

तस्वीर: जनकराज थपलिया

प्रतिक्रिया दिनुहोस्