संक्रमित बढेसंगै स्वर्गद्वारीमा अत्यावश्यक बाहेकका सेवा बन्द



प्युठान,वैशाख ८ । जिल्लाको स्वर्गद्वारी नगरपालिका एक हप्ताका लागि बन्द गरिने भएको छ। कोरोना संक्रमित बढेपछी एकहप्ता नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाको बुधबार बसेको बैठकले भोली बैशाख नौ गतेदेखी लागु हुनेगरी एक हप्ता नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले आज सार्वजनिक सुचना जारी गर्दै कोरोना नियन्त्रणको लागि नगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरू ,पसल, होटल, वैंक लगाएत बित्तीय संस्थाहरू बैशाख ९ गते देखि एक हप्तासम्मका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

खाद्यान्न , फलफूल तथा तरकारी पसल, अस्पताल,डेरि लगाएतका अत्यावश्यक सेवा भने स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । केही विद्यालयमा सञ्चालनमा रहेका परीक्षाहरू भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि जारी राख्न भनिएको छ।
आज प्राथमिक स्वास्थ केन्द्र भिङ्ग्री प्यूठानमा शंकास्पद १३ जनामा कोरोना परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव कमल परियारले जानकारी दिए ।

परियारका अनुसार अहिलेसम्म नगरपालिकाका ५४ जनामा कोरोना परीक्षण भएको छ जसमध्ये जम्मा ३६ जना कोरोना संक्रमित छन ।सकेसम्म घर वाहिर ननिस्कन र निस्कनै परेमा सुरक्षात्मक उपाय जस्तै अनिवार्य मास्कको प्रयोग गर्न, सेनिटाइजर सहितका सुरक्षाको उपाय अपनाउन पनि नगरपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्