पत्रकार महासंघ नुवाकोटमा लाग्यो तालाबन्दी, के निर्वाचन होला?



नुवाकोट,वैशाख ७ । पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी लागेको छ। गत चैत २५ गते सम्पन्न चुनाव विवादित बनेपछि केन्द्रीय निर्वाचन समितिले पुन: निर्वाचन गराउन निर्देशन दिएतापनि असन्तुष्ट पत्रकारहरुले विभिन्न माग राख्दै पत्रकार महासंघको कार्यालय विदुरमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी पश्चात् बुधबार हुने भनिएको निर्वाचनका उमेदवार तथा प्रेस युनियनका अध्यक्ष नवराज सुवेदी,अध्यक्षका अर्का उमेदवार नारायण नेपाल र महिला उपाध्यक्ष उमेदवार रुपा आर्यालद्वारा संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्तीमा नयाँ निर्वाचनका लागि नयाँ निर्वाचन समिति तय गरिनुपर्ने माग राखेका छन् ।

जिल्ला निर्वाचन समितिका एकजना सदस्य राम श्रेष्ठले राजीनामा दिएपछि नुवाकोटको चुनाव अन्यौलनै कायम रहेकाले नयाँ निर्वाचन समिति तत्काल खडा गर्नुपर्ने माग बिज्ञप्तीमा उल्लेख छ ।

हेर्नुस् प्रेस बिज्ञप्ती:-

प्रतिक्रिया दिनुहोस्