नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु



काठमाडौँ,वैशाख ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६६७ जना र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ८७ हजार ५६७ जनामा छन् ।

पछिल्लो २४ घण्टामा २५१ जना निको भएका छन् । याेसँगै निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाको ज्यान गएकाे छ । हालसम्म काेराेना संक्रमणका कारण  मृत्यु हुनेको संख्या ३१ सय २ जना रहेको छ ।

नेपालमा ५ हजार ६ सय ५९ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्