रहेनन् पूर्वमन्त्री सुवाल
काठमाडौँ,वैशाख ६ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिंह सुवालको निधन भएको छ। ९३ वर्षीय सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो ।
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भएका थिए ।
पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।