आज एकैदिन १ हजार ९६ संक्रमित थप



काठमाडौं, बैशाख ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  १ हजार ९६ जना संक्रमित थपिएका छन् ।

आइतबार ५ हजार ८४ नमुना पिसिआर परिक्षणमा १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परिक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आइतबार २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्