बाँकेमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ,वैशाख ५ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेले जनाएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया राजापुरका ७३ वर्षीय पुरुष, बाँकेको बैजनाथका ७८ वर्षीया महिला र दैलेखको नारायणका ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । कोरोना संक्रमणबाट बाँकेका मात्र ६० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्