अर्घाखाँचीमा चट्याङ लागेर एक बालकको मृत्यु



अर्घाखाँची,वैशाख ४ । जिल्लामा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहका भरत चौहानका नौ वर्षिय छोरा सौरभ चौहानको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी सुजन शाहले बताए ।

आँगनमा असिनासंग रमाईरहेका बालकलाई एक्कासी चट्याङले हानेपछी उनी ढलेको र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको वडा नम्बर–३ का वडा अध्यक्ष शेभाखर खनाललाई उदघृत गर्दै पत्रकार लक्ष्मण घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्