कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन गछौँ : प्रचण्ड



काठमाडौं,वैशाख ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताएका छन् ।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली त भइसक्यो। तपाईहरूले पनि देख्नुभएको छ। हामीले गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रियामा छौँ। प्रदेशमा मात्रै नभएर केन्द्रीय सरकार परिवर्तनको लागि पनि यहाँबाट सिधै त्यही छलफलमा जानुपर्नेछ।’

पार्टी एकताको विचार र भावनालाई प्रभावकारी बनाएर समाजवादको लक्ष्यमा लाग्दा ठूलो षड्यन्त्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्