थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ,वैशाख ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर थप ७६८ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७५ हजार ३८ जना संक्रमण मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७५ रहेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्