पत्रकार महासंघ प्युठानको पहिलो बैठक सम्पन्न



प्युठान,वैशाख ४ । नेपाल पत्रकार महासंघ प्युठानको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।  नवनिर्वाचित अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा बैठक बसेको हो ।

शुक्रवार जुम्रीमा बसेको बैठकले मतदाता, निर्वाचन समिति, निर्वाचनमा खटिने सुरक्षाकर्मीका साथै निर्वाचनलाई व्यवस्थित गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन,नव निर्बाचित केन्द्रिय सदस्य सुशील पोख्रेल मार्फत प्युठान शाखाको आतिथ्यतामा केन्द्रिय समितिको बैठक स्वर्गद्वारीमा राख्न अनुरोध ,मिडिया डाइरेक्टरी अध्यावधिक ,बैंक खाता सन्चालन ,पत्रकार कल्याणकारी कोषको कार्यबिधी मस्यौदा निर्माण ,सल्लाहकार समिती गठन लगायतका निर्णय गरिएको शाखाका सचिव प्रकाश बैद्दले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ प्युठानको पहिलो बैठकलाई संबोधन गर्दै नवनिर्वाचित अध्यक्ष सन्जय रिजालले जिल्लामा क्रियाशिल श्रमजिवि पत्रकारहरुको हकहितको लागि निरन्तर खटिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रिजालले जिल्लामा क्रियाशिल सम्पूर्ण पत्रकारहरुलाई एकतावद्ध गर्दै नेपाल पत्रकार महासंघलाई हरेक क्षेत्रबाट व्यवस्थित बनाउन आफ्नो कार्यसमितिको जोड रहने बताए । समितिले जिल्लाका सञ्चारमाध्यम र स्थानीय तह बीच समन्वयात्मक सम्बन्ध स्थापित गराउन भुमिका खेल्ने उनको भनाई छ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा उपाध्यक्ष यादव पौडेल,राधिका भुसाल महिला उपाध्यक्ष, प्रकाश बैद्द सचिव,रमेश गिरी सह–सचिव (निर्बिरोध), राम बहादुर बिश्वकर्मा समावेशी सह–सचिव (निर्बिरोध), प्रज्वल पहाडी कोषाध्यक्षमा (निर्बिरोध) निर्वाचित भएका थिए । महासंघको कार्यसमिति सदस्यहरुमा प्यार अलि खान ,शसिधर भण्डारी , बाबुराम उपाध्य,शमसेर बिक्रम जि सि , नर्मता भट्ट ,पशुपती श्रेष्ठ , बिमल प्रसाद पोख्रेल ,नेत्र बहादुर कुवर , लिला पुन,लोकेन्द्र सुनार निर्वाचित भएका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्यमा महाबिर राना, तुफान अधिकारी , दिपा पौडेल (निर्बिरोध) ,श्रीराम भण्डारी र प्रदेश परिषद सदस्यमा मधुसूदन भण्डारी , अग्निधर चन्द बोहरा,नेत्र प्रसाद खनाल , चक्र बहादुर के सि ,जोगिन्द्र मल्ल विजयी भएका थिए । यसैबीच नेपाल पत्रकार महासघ केन्द्रिय समितीमा निर्बाचित केन्द्रिय सदस्य सुशील पोख्रेल लाई सम्मान गरिएको छ।

सम्मान पत्र ग्रहण गर्दै सदस्य पोख्रेलले महासंघले प्रस्तुत गर्ने एजेण्डामा केन्द्रित भएर आगामी दिनमा महासंघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका लागि सक्रिय सहभागिता जनाउन आग्रह गरे ।

केन्द्रिय सदस्य पोख्रेलले भने“पत्रकार महासंघलाई राजनीतिक समीकरणले कुनै प्रभाव पर्ने छैन, पर्न पनि दिँदैनौँ ।”उनले महासंघले हिजो पनि लोकतन्त्र र पूर्ण स्वतन्त्रको लागि आवाज उठाउँदै आएको र आज पनि त्यही ढंगले काम गर्ने बताए।

सम्मान कार्यक्रममा जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशबराज आचार्य,प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपति,प्युठान उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रभात के सि,होटल ब्यबसायी संघका अध्यक्ष गन्ज बहादुर थापा, शाखाका निबर्तमान सचिब बिजय सिंह भारती ,प्रेस सङ्गठन का अध्यक्ष टिकाराम पोख्रेल , प्रेस चौतारीका संयोजक नोमराज पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्