कोहलपुरमा बस टिपर ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु



नेपालगन्ज,वैशाख ४ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै बस र टिपर ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाईते भएका छन् । बसमा ४२ जना यात्रु सवार रहेको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा एक जना महिला समेत रहेका छन् ।

अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालसहित एक महिला समेत रहेको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताए । अन्यको अझै पहिचान खुल्न सकेको छैन ।

घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्