नुवाकोट लिखुमा एमाले पार्टी कार्यालय उद्घाटन



नुवाकोट,वैशाख ४ । जिल्लास्थित लिखु गाउँपालिकामा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

एमालेका जिल्ला अध्यक्ष बद्री मैनाली लगायतले गाउँपालिकास्थित पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा प्रदेशसभा सदस्य मैनालीले बर्तमान सरकारको पालामा भएको जती बिकास अरु कुनै पनि सरकारको पालामा नभएको दाबी गरे । उनले प्रधानमन्त्रिले आफ्नो घर जोगाउन लिएको निर्णय सहि साबित भएको उल्लेख गरे ।


यस्तै कार्यक्रममा लिखु गाउपालिका वडा नं २ का वडा अध्यक्ष भिमबहादुर घलेले लिखुमा नेकपा एमाले सधै बलियो रहेको दाबी गरेका छन् । अब लिखुमा एमाले अझै बलियो बनाउन नयाँ बेस बनाएर अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा लिखु गाउपालिका वडा नं ३ का वडा अध्यक्ष भोला सेढाइले देशलाई सम्बृद्ध बनाउन एमालेको सरकार बाहेकको बिकल्प नरहेको बताए । यस्तै वडा नं ५ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठले पार्टी भनेर लागेका कार्यकर्ता लाई माथिल्लो तहका नेताहरुले संरक्षणका साथै उचित ब्यवस्थापन गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्