किर्ते हस्ताक्षरबाट दाङमा २ लाख निकासा, सम्बन्धित महिलाले सुईको पाईनन्



दाङ,वैशाख ४ । देउखुरी स्थित एक लघुबित्त बित्तिय सँस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य खुलेको छ ।

आफ्नै सँस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षर सहितको फाईल बनाएर २ लाख रुपैया निकासा गरेको खुलेको हो । ग्रामिण विकास लघुबित्त बित्तिय सँस्था लिमिटेड लमही ब्रान्चमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड महिला कर्मचारीले रकम निकासा गरेको रहस्य बाहिरिएको हो ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निबासी ईन्द्र कुमारी चौधरी सँस्थाकि सदस्य हुन् । उनकै नाममा २ लाख रुपैया निकासा भएको उनलाई नै थाहा छैन ।गत २६ गते लमही ब्रान्चमा चोकराज ढकाल ब्रान्च म्यानेजर बनेर आएपछि ऋण कर्जाका फाईल हेर्दै जाँदा ईन्द्र कुमारीको नाममा ऋण देखियो । तत्काल उनले ईन्द्र कुमारीलाई फोन गरि तपाईको मासिक किस्ता किन आएको छैन? भनेर बुझ्दा उनी आश्चर्यमा परिन । नखाएको ऋण बोक्नुपर्दा आश्चर्य र चिन्तित बन्नु स्वभाबिक हो ।

यो भन्दा अगाडि नै सँस्था भित्र कर्मचारीले गरेको बदमासीले हलचल मच्चाई सकेको थियो । वास्तविक के रहेछ भनेर सँस्थाले चोकराज ढकाल सहितको छानबिन समिति लमही झिकायो । ढकाल चैत २६ गते म्यानेजर भएर हाजिर भएपनि उनी पहिले नै आईसकेका थिए । छानबिन गर्दै जाँदा ईन्द्र कुमारीको नाममा किर्ते गरि ऋण निकासा गरेको प्रमाण फेला पर्यो । त्यसोत, आरोपित कुसुम थापालाई चैत १५ गते नै सँस्थाले निलम्बन गरेको अहिलेका म्यानेजर ढकाल बताउँछन् । ‘उहाँले गल्ती स्विकारी सक्नुभयो, सँस्थाले पनि कारबाही गरिसक्यो ढकालले भने-हरेक ब्यक्ति फरक स्वभावका हुन्छन्, बदमासी गर्लान भन्ने सोचाई नै आएन ।’ उनले ईन्द्र कुमारीको नाममा रहेको ऋण आरोपित कुसुमले केही दिनमै चुक्ता गरिदिने बताए ।

फाईल अनुसार प्रक्रिया पुगेर निकासा भएको देखिन्छ । तर, ईन्द्र कुमारीले यो कुराको सुईको समेत पाईनन् । ऋण निकासा हुने समयमा लमही ब्रान्चमा लक्ष्मण रेग्मी म्यानेजर थिए । उनी गत २५ गते सरुवा भएर सुर्खेत गई सकेका छन् । कतै ऋण निकासामा कर्मचारी कुसुम र म्यानेजर लक्ष्मणको मिलोमतो त हैन? भनेर सँका गर्ने ठाउँ प्रसस्तै छन् ।

तर, म्यानेजर रेग्मी भन्छन प्रक्रिया पुगेको देखेर मैले ऋण निकासामा अनुमती दिएको हो । करिब १ दशक अगाडि देखि सँस्थामा जिम्बेवारी निर्बाह गरेकि कुसुमले बदमासी गर्छन् भनेर रेग्मीले सोच्नै सकेनन् । तर कुसुमले ईन्द्र कुमारी लाई मात्र हैन आफ्नै हाकिमलाई समेत चक्मा दिईन ।

नेपाल राष्ट्र बैँकबाट ‘घ’ बर्गको ईजाजत प्राप्त ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्थाका कर्मचारीको बदमासीका कारण अहिले अन्य सँस्था प्रतिको बिश्वास पनि खस्किदो छ । लमही नगर र राप्ती गाउँपालिकामा मात्र ग्रामिण सँस्थाको ११ सय ५४ सदस्य छन् । यो बिश्वास चानचुने होईन ।

तमाम महिलाहरुको बिश्वास पाएर सञ्चालित सँस्थाका कर्मचारीले आफैलाई घात गर्छन भन्ने सोझासाझा महिलाका लागि सोचाई भन्दा बाहिरको कुरा हो । थाहै नदिई मेरै नाममा ऋण निकासा हुन्छ भन्ने मैले सोचेकै थिएन, तर सँगै बैठकमा बस्ने कुसुम मिसले घात गर्नुभो ईन्द्र कुमारीले गुणासो पोखिन् । ईन्द्र कुमारी त एक उदाहरण मात्र हुन । उनिजस्ता धेरै महिलाको नाममा कुसुमले रकम निकासा गरेको रहस्य पनि बाहिर आएको छ । फरक यत्ति होकि अन्य सँग सहमतीमा निकासा हुन्थ्यो भने ईन्द्र कुमारी सँग सहमति बेगर निकासा भयो ।

प्रतिक्रिया दिनुहोस्