साहित्यकार श्यामदास वैष्णवको निधन



काठमाण्डौ,वैशाख ४ । साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । वि.स. १९८१ श्रावणमा काठमाडौमा जन्मिएका वैष्णवको घरमै निधन भएको हो । उनको पहिलो रचना “शारदा“ मा “सूर्य“ शीर्षकको कविता प्रकाशित भएको थियो ।

उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी समेत थिए । वैषण्वका मुख्य मृतिहरुमा रातको आँसु–गीति कविता, पतकर कविता सङ्ग्रह, अन्तरध्वनि कविता सङ्ग्रह, उपहार कविता सङ्ग्रह र केही लघु नाटक तथा गीति नाटकहरु चर्चित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्