सुनको मूल्य ७ सयले बढ्यो



काठमाडौँ,वैशाख ३ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर प्रतितोला १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्