गुल्मीमा टेम्पो दुर्घटनामा एक जनाको मृत्यु ४ घाइते



गुल्मी,वैशाख १। जिल्लामा टेम्पो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएको छन् ।
जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–३ ठूलो लुम्पेक क्वाङखोलामा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना भएको हो ।

बुधवार दिउँसो सत्यवति बजै मन्दिर दर्शन गर्न जाने क्रममा भएको दुर्घटनामा सत्यवति गाउँपालिका वडानम्बर–२ थुम्का निवासी २८ वर्षकी तारा राहादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

दुर्घटनामा घाइतेहरुमा संगीता राहादी, मिना राहादी, इन्द्र त्ररामु, ज्ञानबहादुर त्ररामु रहेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारको लागि पाल्पा पठाइएको पाण्डेले बताए । टेम्पो चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका –३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका थिए । नव वर्षको सुरुवाती दिनमै जिल्लामा भएका दुर्घटनाले जिल्ला वासी शोक मग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्