प्युठान दुर्घटनामा घाइते ६ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइयो



काठमाडौ,वैशाख १ । प्युठान दुर्घटनामा घाइते ६ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना ५ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते सन्दिप परियार, मुना पाण्डे, कमला पन्थी, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली दुर्घटनामा परेपछि जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मा सहितको टोली प्युठान तर्फ लागेका छन् । जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोली दुर्घटना स्थल र घाइतेहरुको अबस्था बुझन प्युठान तर्फ लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्