थप ५ संक्रमितको मृत्यु



काठमाडौं, चैत ३१ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म २३ लाख २१ हजार ६ सय ७० पिसीआर परिक्षण भएको छ भने ३ हजार ६ सय ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्