मंगलबार ४ सय ६० जनामा संक्रमण पुष्टि



काठमाडौं, चैत ३१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४  सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ सय ५३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार ३ सय ७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्