दैनिक ११ हजार सम्म संक्रमित हुन सक्छ: स्वास्थ्य मन्त्री त्रिपाठी



काठमाण्डौं,चैत ३१। नेपालमा दैनिक ११ हजार सम्म कोरोना संक्रमितको संख्या पुग्न सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले गरेका छन् । मन्त्री त्रिपाठीले आगामी असार भित्रै कुल ६ लाख बढी संक्रमित पुग्न सक्ने अनुमान गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको संक्रमण दरलाई हेरेर यो प्रक्षेपण गरेको बताए ।

“दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ । त्यसका लागि अहिले नै हामीले आवश्यक तयारी गरिरहेका छौँ,” मन्त्री त्रिपाठीले भने ।

मन्त्री त्रिपाठीले सुरक्षा र सतर्कताका लागि आवस्यक तयारी भईरहेको भन्दै नाकामा होल्डिगं सेन्टर स्थापनाको काम समेत भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्