दोलखा सवारी दुर्घटना: ४ को मृत्यु, वडा अध्यक्ष सहित १८ घाइते



दोलखा, चैत ३१। जिल्लाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् ।गाउँपालिकाको वडा नम्बर ४ लादुकको चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८० नम्बरको गाडी राती १० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्युु भएको छ।

दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौ लगिएको छ । सामान्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ।उनीहरु सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन गएका र घर फर्कने क्रममा गाउँ नजिकै सोमबार राति दुर्घटनामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्