जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन



काठमाडौं,चैत ३० । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । सोमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । यस्तै पार्टीको उपाध्यक्षमा अब्दुल खान, बसन्त कुश्वाह र दीप साह चयन भएका हुन भने महासचिवमा चन्दक सिंह चयन भएका छन् ।

यस्तै महाधिवेशनबाट २३ सदस्यीय कार्यसमिति सदस्य निर्वाचित हुनुका साथै ८ जना महिला निर्वाचित भएका छन् । यसैबीच पार्टीका नवनिर्वाचित महासचिव सिंहले आफूहरुको महाधिवेशनमा फ्रि मधेसको कुनै नारा र ब्यानर प्रयोग नभएको बताएका छन् ।

आफूहरुले फ्रि मधेसको एजेण्डा छाडिसकेको भन्दै पार्टीलाई बदनाम गर्न खोज्ने केही पक्षले भ्रम फैलाएको हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गरे । पार्टीको महाधिवेशन शनिबारदेखि सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्