नुवाकोटमा कोरोना संक्रमित वृद्धिसंगै जिल्ला स्वास्थ्य कार्यालयले देखायो चासो



नुवाकोट,चैत ३० । केहि महिना संक्रमणदर शुन्य रहेको नुवाकोटमा कोरोना संक्रमण वृद्धिसंगै जिल्ला स्वास्थ्य कार्यालयले चासो देखाएको छ। कोरोना भाइरस कोभिड १९ का नयाँ संक्रमित नुवाकोटमा पनि भेटिन थालेपछि जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले सोमबार एक सूचना जारी गर्दै संयमित हुन अनुरोध गरेको हो ।

काठमाण्डौ उपत्यका लगायका विभिन्न स्थानमा कोरोनाको संक्रमण पुनः देखा पर्दै गएसँगै त्यसको असर उपत्यकासँग सीमा जोडिएको नुवाकोटमा पनि परेको हुनसक्ने आशंका कार्यालयले गरेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका केही व्यक्तिमा कोरोना परीक्षण गर्दा नयाँ संक्रमित देखिन थालेको बताए ।

उनले हाल देखिएको संक्रमण कोरोनाको दोस्रो चरणको हुनसक्ने समेत बताए । उनले काठमाण्डौ उपत्यका लगायत तराईबाट सहजै रुपमा संक्रमण भित्रन सक्ने बताए । घिमिरेले सतर्कता नअपनाए अवस्था जटिल हुन सक्ने बताए।

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तम घिमिरेका अनुसार संक्रमित हुनेमा विदु्र नगरपालिका र किस्पाङ गाउँपालिकाका समान ४/४ जना रहेका छन् । संक्रमितमध्ये सबै पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्