नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाए



काठमाडौ,चैत ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर पनि वृद्धि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना रहेको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ५५९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा स्रंक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्