थप ५ सय ५९ जनामा कोरोना संक्रमण



काठमाडौं, चैत ३० । नेपालमा कोरोना पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा १ सय ३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्