सिन्धुपाल्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको गयो



सिन्धुपाल्चोक,चैत ३० । जिल्लाको सुकुटे बजारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

बसको ठक्करले माेटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायातको बसले खाडिचौरबाट आउँदै गरेको ६९८७ नम्बरको मोटरसाइकलाई विपिरत दिशामा गएर ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् ।

गम्भीर घाइते सोमबहादुर श्रेष्ठ लाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ, भने सानो बच्चाको पनि उपचार भैरहेको छ।गाडीले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्