यस्ता छन नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला कार्यसमिति बैठकका निर्णयहरु



नुवाकोट,चैत २८ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको बैठक सम्पन्न भएको छ। शनिबार बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णय गरेको नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले बताए ।

यस्ता छन जिल्ला कार्यसमितिको वैठकका निर्णयहरु :

१) राष्ट्रिय प्रजातन्त्र पार्टिवाट नेपाली काग्रेंसमा प्रवेश गर्नुभएका पार्टि सह महामन्त्रि सुनिल वहादुर थापा समुहलाई क्रियाशिल सदस्य वितरण गर्ने सन्दर्भमा केन्द्रिय कार्यसमिति वाट प्राप्त निर्देशन र नामावली वमोजिम सदस्यता वितरण गर्न तपसिल वमोजिम छानविन तथा सदस्यता वितरण समिति गठन गरियो ।

संयोजक – लक्ष्मण थापा
सदस्य – सुरेन्द्रराज अधिकारी
सदस्य – शिव दाहाल
सदस्य – राज्यलक्ष्मि पाडें
सदस्य – शेर वहादुर गजुरेल

२) १४ ओै महाधिवेशनको लागी जिल्ला कार्यसमितिले पुरानो क्रियाशिल सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गरी सार्वजनिकिकरण गरियो ,साथै सम्पुर्ण वडा कार्यसमितिलाई नविकरण भएका नामावली जिल्ला पार्टि कार्यालय वाट वुझि गाउँ ,वडा कार्यसमितिमा सार्वजनिकिकरण गर्न हुन निर्देश गरिन्छ ।साथै नविकरणको विवरण चैत्र ३० गते केन्द्रिय कार्यसमितिमा वुझाईने निर्णय गरियो ।

३) १३ ओैं महाधिवेशनको क्रियाशिल सदस्यको हकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ वाट गाउँ वडा तहमा वितरण नै नगरिएको ,क्षेत्र नं २ को हकमा वितरण गरियता पनि कम संख्या र ईच्छाईएको स्थानमा मनोमानि तवरवाट वितरण गरिएको हुदाँ सो सम्वन्धमा केन्द्रिय छानविन समितिले सम्पुर्ण सदस्यको विवरण तहाँवाटै नामावलि ईन्ट्रि गरि वोधार्थ जिल्ला कार्यसमिति र क्षेत्रिय कार्यसमितिलाई दिनुहुन अनुरोध गर्ने निर्णय गरियो ।

नयाँ क्रियाशिल सदस्यको हकमा दुवै क्षेत्रिय कार्यसमितिले वितरण गरेको र २०७८ वैशाख १० गते भित्र वुझाउनु पर्नेमा ,केहि वडाको हकमा जिल्ला कार्यसमितिमा उजुरी परेकोले प्रारम्भिक छानविन समितिवाट छानविन गरि निर्णय गर्नुपर्ने भएकोले तहाँ वाट वितरित सदस्यताको विवरण हार्डकपि जिल्ला कार्यसमितिमा ५ गतेभित्र वुझाउन हुन निर्देश गरिन्छ ।

५) विदुर नगरपालिका वडा नं २ मा अवस्थित श्री भिमसेन माविका प्रअ माथि विदुर नगरपालिकावाट जुन किसिमको हर्कत र व्यवहार भएको छ ,सो हर्कत निन्दनिय छ , शिक्षा क्षेत्रमा नगरपालिकाको ठाडो हस्तक्षेप गरि कसैलाई घटुवा कसैलाई वढुवा गरि विध्यालय क्षेत्रलाई राजनितिक कार्यकर्ता भर्तिकेन्द्रको रुपमा प्रयोग गर्ने विदुर नगरपालिकाको निर्णय ५ दिन भित्र फिर्ता नलिय नेपाली काग्रेंस नुवाकोट सशक्त प्रतिरोध गर्न तयार रहेको जानकारी गराउँदछ । यसवाट पर्न जाने सम्भावित दुर्घटनाको भागिदार विदुर नगरपालिका स्वयं जिम्मेवार रहने व्यहोरा जानकारी गराउँदछ ।

प्रतिक्रिया दिनुहोस्