बढ्यो कोरोना संक्रमणदर, २४ घण्टामा थप ३३७ संक्रमित



काठमाडौ,चैत २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा देशभर कुल ३३७ जना संक्रमित थपिएको उल्लेख गरेको छ । हालसम्म कुल २ लाख ७९ हजार ७२५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८०० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७३ हजार ८८६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५३२ नमुनाको पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २३ लाख ९ हजार ७७६ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ८४ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २ हजार ८०० जना रहेका छन् । २४ घण्टा समयावधिमा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्