पत्रकार महासंघको अध्यक्षमा पोख्रेल निर्वाचित



काठमाडौँ,चैत २८ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनामा पोख्रेल निर्वाचित भएका हुन् । पोख्रेलको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल नै विजयी बनेको हो । यसको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने निर्वाचन समितिले जनाएको छ ।

श्रोतका अनुसार अध्यक्षमा विपुल पोख्रेल २ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । सबै परीणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ।

अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई पराजित गरेका हुन् । त्यस्तै सोही प्यानलका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् ।

मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्