भारतमा भयावह बन्दै कोरोना, एकैदिन १ लाख ४५ हजार संक्रमित



एजेन्सी,चैत २८ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४५ हजारभन्दा बढीमा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित फेला परेका हुन् । यसबीचमा ७ सय ९४ जनाको ९४ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।

७७ हजार ५६७ जना निको भएर घर फर्केका छन् । हालसम्म १ करोड १९ लाख ९० हजार ८५९ जना निको भइसकेका छन् ।

हालसम्म कोरोनाबाट १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ । देशमा सक्रिय संक्रमितको संख्या १० लाख ४६ हजार ६३१ जना छन् ।

प्रतिक्रिया दिनुहोस्