आइतबार उपत्यकामा सार्वजनिक बिदा



काठमाडौ,चैत २८ । सरकारले भोलि आइतबार अर्थात चैत २९ गते उपत्यकामा सार्वजनिक बिदा दिएको छ । घोडेजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको हो ।

यद्यपि उक्त दिन उपत्यका बाहेक अन्य क्षेत्रमा भने बिदा हुनेछैन । नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमै उल्लेख गरि उक्त दिन काठमाडौं उपत्यकामा जात्रा बिदा दिने जनाएको छ ।

घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि छिटो सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो ।

चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीचमा नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्