माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सेवा



काठमाडौं,चैत २८ । बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजार, माछापोखरीमा क्यू आर कोड सेवा शुरु गरेको छ ।

शुक्रवार बैंकले डिजिटल कारोबार क्यूआर कोड विस्तार गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा सो सेवा शुरु गरेको हो ।

एक औपचारीक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उद्घाटन गरेका छन् । उक्त शुभारम्भ कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त औपचारिक शुभारम्भ कार्यक्रममा राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरीद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेका थिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।

साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडलाई धन्यवाद ज्ञापन गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्