नुवाकोटको चर्चित धार्मिकस्थल त्रिवेणी धाममा वृद्धाश्रम शिलान्यास



वृद्धाश्रम शिलान्यास समारोहमा सुधार समितिका अध्यक्ष लिलादेवी थापा र गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा

नुवाकोट,चैत २७ । नुवाकोटको चर्चित धाम त्रिवेणी धाममा वृद्धाश्रम शिलान्यास भएको छ। शुक्रबार एक समारोहका बीच वृद्धाश्रमको शिलान्यास गरिएको हो।

त्रिवेणी धाम सुधार समितिका अध्यक्ष लिलादेवी थापाको अध्यक्षता तथा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा उक्त सेवा धामको शिलान्यास गरिएको शिवपुरी गाउँपालिकाका इन्जिनियर रमेश कडेलले बताए।

शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको संगमस्थल लिखु खोला,खहरे खोला तथा स्यालपिङ खोलाको संगम स्थान त्रिवेणीमा निर्माण हुन लागेको सेवा धामका लागि केन्द्र सरकारसंगको समन्वयमा गाउँपालिकाले ८० लाख खर्चिनेछ।

आश्रमको तल्लो तहमा ध्यान तथा योग कक्षसहित लिफ्टको व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ। पौराणिक ग्रन्थमा समेत उल्लेख त्रिवेणी धाम निर्माण तथा सुधारका लागि गाउँपालिकाले महत्त्वका साथ गुरुयोजनासहित विकास निर्माणलाई तिव्रता दिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्