नुवाकोटमा पजेरो दुर्घटना, एक घाइते



नुवाकोट,चैत २७ । नुवाकोटमा पजेरो दुर्घटना भएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको भिमसेन स्कुल नजिकै पजेरो दुर्घटना भएको हो ।

काठमाण्डौबाट त्रिशुलीतर्फ आइरहेको ग १ च १३५३ पजेरो सडकमा राखिएको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परि एकजना चिनियाँ नागरिक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्