सुनको मूल्य १ हजारले बढ्यो
काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन १ हजार रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिद विक्रि भएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।