सुनको मुल्य ३ सयले बढ्यो



काठमाडौं,चैत २४ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । महासघको अनुसार चाँदी प्रतितोला आज १२ सय ३५ रुपैयाँमा कारेबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्