मर्मतका लागि मनकामना केबलकार ६ दिन बन्द हुने



काठमाडौ,चैत २३ । केबलकारको स्तरोन्नतिका लागि ६ दिन बन्द हुने भएको छ । पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो । मनकामना केबलकार चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ ।

सो अवधिभर केबलकारको बटम स्टेसनमा रहेको रेष्टुराँ भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।

मर्मतसम्भार लगत्तै चैत ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्