कोरोना भाइरसका २ सय ६६ संक्रमित थप



काठमाडौं, चैत २३। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा १ सय २ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्