भूतपूर्व सैनिक सम्मेलनबाट नुवाकोटका राजकुमार आचार्य उत्कृष्ट व्यवसायी घोषित



नुवाकोट,चैत २२ । जिल्लाका युवा व्यवसायी तथा समाजसेवी राजकुमार आचार्य भूतपूर्व सैनिक सम्मेलनबाट सम्मानित भएका छन् ।

आइतबार नेपाली सेनाले वाग्मती प्रदेशको राजधानी हेटौडामा आयोजना गरेको “भुतपुर्व सैनिक सम्मेलन २०७७” को अबसरमा वाग्मती प्रदेश स्तरीय सर्वोत्कृष्ट उद्यमी व्यवसायी छनौट भई आचार्य सम्मानित भएका हुन् । विदुर नगरपालिका वडा नम्बर ६ घर भएका आचार्य पुर्व सैनिक समेत हुन् ।

हाल नेपाल उधोग वाणिज्य संघ नुवाकोटका सदस्य समेत रहेका आचार्य  विभिन्न संघसंस्थामा आवद्ध भई विभिन्न पेशा व्यवसाय संचालन गरिरहेका छन् । आचार्यले आई.एल.वोबाट बिजनेस सम्बन्धि ए लेबलको सर्टिफिकेट समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्