फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं,चैत २२। पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ ।

निगमद्वारा प्रकाशित सूचनामा मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ २  मूल्य वृद्धि गरेको जनाइएको छ।

यससँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। 

निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको बताइएको छ। 

सूचना

प्रतिक्रिया दिनुहोस्