चिनियाँ खोप २५ गतेदेखि लगाउने तयारी



काठमाडौं,चैत २२। सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रयोगमा ल्याउने निर्णय गरेसंगै मातहतका स्वास्थ्य संस्थालाई खोप लगाउने मिति समेत तोकिएको हो ।

चीन सरकारद्वारा सहयोगस्वरुप प्राप्त ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ खोप अत्यावश्यक सेवामा संलग्न व्यक्ति तथा हिमालय सीमापार आवतजावत गर्ने व्यापारी र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलगायत पर्छन् ।

प्रतिक्रिया दिनुहोस्