नरैनापुरमा आगलागी, ११५ घर जलेर ध्वस्त



नेपालगन्ज,चैत २२ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका– ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् ।

३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट शुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुई वटा दमकल प्रयोग गरिएको थियो ।

यस वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्