थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, चैत २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा १ सय १७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार २ सय ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्