थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,चैत २१। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टासम्म १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्