रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्नेमा जोड



काठमाडौ,चैत २१ । रोटरी क्कव अफ काठमाडौ कलंकीको हालै सम्पन्न पहिलो डिजि भिजिट कार्यक्रमका मुख्य अतिथि डिस्ट्रिक गर्भनर राजिव पोखे्रलले रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्ने बताएका छन् । कार्यक्रममा उनले रोटरी बिशुद्ध सामाजिक सस्था भएकोले यस्को मर्यादालाइ माथी उठाउन रोटरीका आधारभुत मान्यताहरु भुल्न नहुने कुरा औंलाएका थिए ।

रोटरी क्लवमा हरेक वर्ष गरिने यस्तो किसिमको कार्यक्रमले क्लवलाइ स्वच्छ, पारदर्शि मात्र नभइ उत्तरदायित्व बोध समेत गराउने उनले बताएका छन् । सोही अवसरमा उहाले आफुसंग भएको चिज जती सकिन्छ अरुलाइ दिने बानिको विकास गर्नुनै खुसी हुने माध्यम भएको बताएका थिए । रोटरीले संसारको ११६ देशमा सामाजिक कार्य गरिरहेको स्मरण गराउदै उहाले रोटरीको सुन्दरता ५स्टारलाइ नभुल्न सुझाएका थिए ।

रोटरी क्लव अफ काठामाडौं कलंकीको पहिलो डिजी भ्रमणमा विभिन्न ६ विधाका डाइरेक्टरहरुले आ आफनो प्रस्तुती राखेका थिए भने रोटरी क्लव अफ काठामाडौं कलंकी सल्लाहकार राजेन्द्र दाहालले आफुले सकेको सहयोग गर्ने प्रतिद्धता जनाएका थिए ।

क्लवका अध्यक्ष सुलोचना सिक्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका आगामी अध्यक्ष दुर्गा देवी मैनालीले स्वागत गरेकी थिइन भने सचिव दिवाकर अर्यालले कार्यक्रमको सञ्चालन गरेका थिए । साथै कार्यक्रममा अनिता दाहालले धन्यवाद दिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्